काठमाडौं । च्यामा काठमाडौं सेवा
समाजकाे आयोजनामा काठमाडौंकाे कागेश्वरि मनाेहरा नगरपालिका स्थित
हरहरमहादेव स्थित संस्कारा स्मुलमा भव्यताका साथ SEE उतिर्ण विद्यार्थी सम्मान तथा तीज
विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको
छ। कार्यक्रमकाे अध्यक्षता समाजका अध्यक्ष बिष्णु पाेखरेलले गर्नुभएको थियो
भने कार्यक्रमकाे प्रमुख अतिथि समाजसेवी, उद्योगी तथा
राजनितिज्ञ रितेश शर्मा
हुनुहुन्थ्याे। सो
कार्यक्रममा विशेष
अतिथिका रूपमा कुन्तीदेवी पाेखरेल, तारादेवी सुनुवार र
कमला थापा उपस्थित हुनुहुन्थ्याे। कार्यक्रममा सल्लाहकार संयोजक हरिप्रसाद शर्मा,
संस्थाका सम्पूर्ण सल्लाहकार तथा आजीवन
सदस्यहरू समेतको विशिष्ट उपस्थिति रहेको
थियो। संचालन समाजका सचिव भविन्द्र फुयालले गर्नुभएको थियो भने
स्वागत मन्तव्य उपाध्यक्ष ईश्वर फुयालले दिनुभएको थियो।
कार्यक्रममा ३५०
भन्दा बढी सहभागीहरूको उपस्थितिमा ३४
जना SEE उतिर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो।
साथै, प्रमुख अतिथि र विशेष अतिथिलाई संस्थाले मानार्थ सदस्यता समेत प्रदान गर्यो। त्यसैगरी, पोर्चुगलमा दिवंगत भएका अर्जुन आपगाईको स्मृतिमा संकलित रू. ४,७२,२९० रकम संस्थाका अध्यक्ष बिष्णु पोखरेल र प्रमुख अतिथि रितेश शर्माले औपचारिक रूपमा हस्तान्तरण गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो। सांस्कृतिक कार्यक्रमसँगै सम्पन्न उक्त समारोहले विद्यार्थीलाई प्रेरणा दिने, सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने र समाजसेवामा जोड दिने महत्वपूर्ण सन्देश दिएको आयोजकहरूले बताए। साथै कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशेष अतिथिहरुले संस्थाले गरेका सामाजिक कामहरुबाट प्रभावित भएर संस्थाकाे लागि अार्थिक सहयाेग समेत उपलब्ध गराउनु भयाे ।