रकम अपचलनमा सिता ढकालको कुनै संलग्नता छैन”

mteverestnews.com

काठमाडौं , भाद्र ६।

युनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडलेनेकपा एमालेकी नेतृ सिता ढकालले संस्थाको बचत रकम अपचलन नगरेको बताएको छ।

युनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो संस्थाको बचत रकम अपचलन नभएको बताएको छ। संस्थाका कार्यवाहक अध्यक्ष प्रेम बहादुर बरालले विज्ञप्तिमार्फत संस्थाको रकम कुनै पनि  व्यक्ति तथा कम्पनीले अपचलन नगरेको बताएका हुन् ।

कार्यवाहक अध्यक्ष बरालले सामाजिक सञ्जाल लगायत केही माध्यबाट युनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. र सोही संस्थाबाट नेफ्स्कूनमा प्रतिनिधित्व गर्ने सीता ढकाल पौडेलले १३ (तेह्र) करोड रुपैयाँ अपचलन गरेको भन्ने सूचनाप्रति आफ्नो र संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कार्यवाहक अध्यक्ष बरालले विभिन्न माध्यममा आएजस्तो सीता ढकाल र उनको एकाघरको कुनै पनि मानिसले युनाइटेड सहकारीबाट ऋण नलिएको बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘निज सीता ढकाल पौडेल र निजको एकाघरको मानिसले यस सहकारी संस्थाबाट कुनै ऋण कर्जा नलिएको तथा समाचारमा नाम किटान गरिएका व्यक्ति मनोज कुमार भेटवाल यस संस्थाको शेयर सदस्य र ऋणी नभएको, निजको कम्पनी भनिएको स्वच्छन्द विकोई विल्डर्सलाई कुनै ऋण प्रवाह नगरेको/नभएको व्यहोरा अवगत गराउँदछौं ।’

कावा अध्यक्ष बरालले वर्तमान अवस्थामा सहकारी संस्था माथि नै गम्भीर असर पार्ने किसिमबाट बाहिरिएका सूचना तथा समाचारमा सत्यता नभएको र त्यस्ता खबरमाथि विश्वास नगरिदिन शेयर सदस्य, शुभचिन्तक तथा संस्थासँग आवद्ध सम्पूर्णमा अपिल समेत गरेका छन् ।

बिज्ञप्ति :

प्रतिक्रिया