लायन्स नेतृत्वमा नयाँ ऊर्जाः लायन भुवन पोखरेललाई सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर उम्मेदवारीमा हार्दिक बधाई
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ई अन्तर्गत लायन्स वर्ष २०२६÷२७ का लागि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा आदरणीय लायन भुवन पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएकोमा लायन्स परिवारमा उत्साह र आशा थपिएको छ । उहाँको यहाँसम्मको यात्रा समर्पण, अनुशासन र सेवाभावले भरिएको छ। सामाजिक उत्तरदायित्वप्रति अटल प्रतिबद्धता, स्पष्ट दृष्टिकोण र प्रभावकारी नेतृत्व क्षमताले उहाँलाई यस महत्वपूर्ण चरणसम्म पु¥याएको हो । लायन्स अभियानलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउने उहाँको सोचले सम्पूर्ण लायन्स समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, समाजका हरेक वर्गसम्म मानवीय सेवाको पहुँच विस्तार गर्ने उहाँको अभियान प्रेरणादायी बनेको छ । आगामी दिनहरूमा उहाँको नेतृत्वमा डिस्ट्रिक्टले नयाँ उचाइ हासिल गर्ने, अझ प्रभावकारी सेवा कार्यक्रमहरू सञ्चालन हुने र लायन्सको गरिमा थप उचालिनेमा विश्वास गरिएको छ । यस ऐतिहासिक अवसरमा लायन भुवन पोखरेललाई हार्दिक बधाई व्यक्त गर्दै उज्ज्वल सफलताको अग्रिम शुभकामना प्रकट गरिएको गर्दछौं ।