च्यामा काठमाडौं सेवा समाजद्वारा पशुपति आर्यघाटमै पुगेर मृतक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

mteverestnews.com

च्यामा काठमाडौं सेवा समाजद्वारा पशुपति आर्यघाटमै पुगेर मृतक परिवारलाई आर्थिक सहयोग हस्तान्तरण दोलखा जिल्ला तामाकोसी गाउँपालिका–६ (च्यामा, भद्राचौर) निवासी युवा प्रसान्त फुयाल (सुमन) को मलेसियामा भएको दुखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै च्यामा काठमाडौं सेवा समाजले मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरेको छ । स्वदेशभन्दा टाढा परदेशमा अकालमै जीवन यात्रा टुंगिएको यस पीडादायी घटनाले गाउँ(समाजलाई स्तब्ध बनाएको थियो। मृतकको पार्थिव शरीर नेपाल ल्याउन र अन्तिम संस्कारसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले सेवा समाजको पहलमा व्यापक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा देश(विदेशमा रहेका शुभेच्छुक, समाजसेवी तथा गाउँलेहरूको उल्लेखनीय साथ र सद्भाव प्राप्त भएको समाजले जनाएको छ । सबैको प्रयासपछि मृतकको शव २०८२ साल फागुन ३ गते बेलुका ९ः३० बजे नेपाल आइपुगेको थियो भने ४ गते बिहान ६ बजे पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार सम्पन्न गरिएको थियो। सो अवसरमा उपस्थित समाजका प्रतिनिधि तथा आफन्तजनले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए । यसै क्रममा संकलित सहयोग रकम रु ३,९०,००० (अक्षेरुपी तीन लाख नब्बे हजार रुपैयाँ) सेवा समाजका अध्यक्ष बिष्णु पोखरेलले मृतकका बुबा टिकराम फुयाललाई चेकमार्फत हस्तान्तरण गर्नुभएको छ । कठिन घडीमा साथ दिनु नै सच्चा मानवता हो भन्ने भावलाई व्यवहारमा उतार्दै गरिएको यो कार्यलाई उपस्थितहरूले अत्यन्त सहृदय र प्रेरणादायी पहलका रूपमा लिएका छन् । सेवा समाजले यस अभियानमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा संवेदनशील मनहरूलाई संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ । समाजले मानवीयता, सहानुभूति र सामाजिक एकताको मूल्यलाई जीवित राख्दै आगामी दिनहरूमा पनि यस्ता सहकार्य र सहायताका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया