ललितपुर, च्यासल — तुल्सीलाल स्मृति प्रतिष्ठानको २५औं साधारणसभा तथा स्वर्गीय तुल्सीलाल अमात्यका संकलित रचनाहरूको पुस्तक विमोचन कार्यक्रम आज च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भव्यता र गरिमाका साथ सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संरक्षकद्वय केशव प्रसाद बडाल र डा. दिवस अमात्यले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बौद्धिक, सामाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारणसभामा महासचिव हिमबहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बाबुराम थापाले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो। प्रस्तुत प्रतिवेदनहरूले प्रतिष्ठानका गतिविधि, उपलब्धि तथा आर्थिक पारदर्शितालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका थिए।
यसैबीच, आजको साधारणसभाले आगामी ४ वर्षका लागि नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमिति यसप्रकार रहेको छः
अध्यक्ष – गोपाल शाक्य
बरिष्ठ उपाध्यक्ष – माधव प्रसाद पौडेल
उपाध्यक्ष – डा. बंशीधर मिश्र
महासचिव – हिमबहादुर क्षेत्री
सचिव – सुरेन्द्रमोहन शर्मा
कोषाध्यक्ष – बाबुराम थापा
सदस्यहरूमा हरिकृष्ण ब्यन्जनकार, सुजिता शाक्य, गरिमा शाह, डा. चन्द्रमणि अधिकारी, तारामान जोशी, नरेश्वर ज्ञवाली, राजेन्द्र ब्यन्जन्कार, सुरेन्द्र डंगोल, आनन्द पोखरेल, जीवन खड्का र दीपा अमात्य चयन हुनुभएको छ। उत्साहजनक सहभागिता, अनुशासित व्यवस्थापन र सौहार्दपूर्ण वातावरणबीच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।