पौष ७, काठमाडौं । लायन्स इन्टरनेशनलले समाजसेवा, शिक्षा, मानवीय सहयोग र नेतृत्व विकासमा निरन्तर योगदान पुर्याउँदै आएका समाजसेवी तथा राजनीतिक व्यक्तित्व विष्णु पोखरेललाई विशेष सम्मान प्रदान गरेको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ E क्याबिनेट बैठक मार्फत प्रदान गरिएको यो सम्मान केवल व्यक्तिगत उपलब्धि मात्र नभई, समाजका लागि समर्पित बनेका व्यक्तित्वको समग्र योगदानको उच्च कदरका रूपमा हेरिएको छ ।
लायन्स इन्टरनेशनलको मूल मन्त्र “We Serve” लाई व्यवहारमा उतार्दै आएका पोखरेलको जीवन यात्राले सेवा, नेतृत्व, जिम्बेवारि र इमान्दारिताको स्पष्ट उदाहरण प्रस्तुत गर्छ । यही कारणले उनलाई लायन्स अभियानको नेतृत्व प्रतिनिधिका रूपमा सम्मान गरिएको लायन्स नेतृत्वको भनाइ छ ।
संघर्षबाट सुरु भएको जीवन यात्रा
२०६३ साल जेठ २९ गते उनी ठूलो सपना बोकेर काठमाडौं प्रवेश गरेका बिष्णु पाेखरेलले विध्यार्थि राजनितिसँगसँगै उच्च शिक्षा अध्ययन गरि व्यबसयिक रुपमा गरेका ती दिन उनका लागि कठोर थिए ।
सम्मानित भएपछि हामिले लिएको प्रतिकृयामा उनी भन्छन “त्यतिबेला दुःख धेरै थियो,” “तर आज समाजका लागि केही याेगदान गर्न सक्ने अवस्था भएकोमा भने उनि त्यो त्यही संघर्षकै परिणाम हो भन्छन ।”
राजनीति, शिक्षा, समाजसेवा र व्यवसायको सन्तुलित यात्रा
सानैदेखि राजनीतिक चेत बोकेका पोखरेलले विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरे । उनले राजनितिक रुपमा एमालेको विभिन्न कमिटीमा रहेर साथै बिभिन्न सामाजिक सन्स्थामा निरन्तर कृयाशिल रहि जिम्मेवारी पूरा गरेका छन् ।
तर उनको परिचय यतिमा मात्र सीमित छैन । शिक्षा, व्यवसाय र समाजसेवालाई समान महत्व दिँदै उनले विद्यालय, ट्राभल, अस्पताल, सहकारी तथा विभिन्न साना–ठूला व्यवसाय सञ्चालन गरे । उनका अनुसार, “व्यवसाय आत्मनिर्भर बन्ने माध्यम हो, तर त्यसबाट आएको आम्दानी समाजसेवा र राष्ट्र निर्माणमा लगाउनुपर्छ ।”
लायन्स इन्टरनेशनलसँगको सक्रियता
लायन्स इन्टरनेशनल मार्फत पोखरेलले मानव सेवा, स्वास्थ्य सहयोग, शिक्षा प्रवर्द्धन र विपन्न समुदाय सशक्तीकरणमा उल्लेखनीय भूमिका खेलेका छन् ।
विभिन्न बाल आश्रम, मानव सेवा आश्रमलगायत संस्थालाई खाद्यान्न, आर्थिक सहयोग र व्यवस्थापकीय सहयोग पुर्याउँदै आएका उनी आपत्, विपद् तथा उपचार अभावमा परेका नागरिकको सहयोगमा सधैं अगाडि देखिन्छन् ।
लायन्स इन्टरनेशनलका कार्यक्रमहरूमा उनको सक्रिय सहभागिता, सहकार्य भावना र परिणाममुखी सोचकै कारण उनी लायन्स अभियानका प्रभावशाली अभियन्ताका रूपमा स्थापित भएका छन् ।
निस्वार्थ सेवा नै जीवन दर्शन
पोखरेल सेवा कार्यलाई प्रचार वा सम्मानको माध्यम बनाउने सोच राख्दैनन् ।
“कसैले दुःख पाएको सुनेँ भने मन असहज हुन्छ,” उनी भन्छन्, “जे सक्छु, त्यही गर्नु नै मेरो कर्तव्य हो ।”
शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण मिलाइदिने, अस्पतालमा उपचार नपाएर छटपटाइरहेका बिरामीलाई सकेकाे सहयोग पुर्याउने, रोजगारीका लागि सकेको ठाउमा सिफारिस र सहजीकरण गर्ने—यस्ता कामहरू उनको महत्व बनेका छन् ।
अन्तर्राष्ट्रिय अनुभव र राष्ट्रिय सोच
ब्राजिल, रसिया, दक्षिण अफ्रिकालगायत विभिन्न देशको भ्रमण गरेका पोखरेलले त्यहाँको सामाजिक संरचना, सेवा प्रणाली र विकास मोडेल नजिकबाट अवलोकन गरेका छन् ।
“एकता, इमान्दारिता र इच्छाशक्ति भयो भने नेपाल पनि सक्षम र सबल सम्पन्न बन्न सक्छ,” भन्ने उनको ठम्याइ छ ।
युवालाई श्रम र सीपको सम्मान हुने वातावरण सिर्जना गर्दै स्वरोजगारमा जोड दिनु नै उनको मुख्य लक्ष्य र अभियान हो ।
लायन्स इन्टरनेशनलको सम्मान : संघर्षशील युवाका लागि प्रेरणा
लायन्स इन्टरनेशनल डिस्ट्रिक क्याबिनेट बैठकमा प्रदान गरिएको सम्मानले पोखरेलको सेवामूलक यात्रालाई थप ऊर्जा दिएको छ । सम्मान कार्यक्रममा लायन्स नेतृत्वले पोखरेललाई “सेवा, अनुशासन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण”का रूपमा उल्लेख गरे ।यो सम्मानले एउटा स्पष्ट सन्देश दिएको छ—संघर्षबाट भाग्ने होइन, संघर्षलाई शक्तिमा बदल्नेहरू नै समाज परिवर्तनका संवाहक बन्छन् ।
लायन्स इन्टरनेशनल डिस्ट्रिकले प्रदान गरेको सम्मान उनको विगतको मूल्याङ्कन मात्र होइन, भविष्यमा अझ प्रभावकारी सामाजिक नेतृत्वको अपेक्षा समेत हो र, यो सम्मानसँगै उनले प्रमाणित गरेका छन्—सेवा नै सबैभन्दा ठूलो नेतृत्व हो ।