प्रकाश-स्वस्तिमाले एउटै गिलासको पानी पिए: पानी बारबार' हल्लाको खण्डन

mteverestnews.com

काठमाडौं । पछिल्लो केही दिनयता कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच बोलचाल बन्द भएको चर्चा छ । केही मिडिया रिपोर्टमा यी दुईबीच ‘पानी बारबारको स्थिती रहेको’ बताइएको थियो ।

सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दावी गरिएको थियो । चर्चित म्युजिक भिडियोदेखि फिल्ममा सहकार्य गरेका यी दुई नबोलेको खबर आएपछि प्रशंसक पनि निराश थिए ।

तर, यी दुईबीच ‘पानी बाराबार’ रहेको हल्लालाई खण्डन गर्दै उनीहरू अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’ले प्रवर्धन भिडियो नै सार्वजनिक गरेको छ । जहाँ, आफूहरूबीच चलेको गसिपको खण्डन गर्दै एउटै गिलासको पानी पिएका छन् ।

भिडियोमा एकजना कलाकार आउँछिन् र भन्छिन्- पानी बाराबार भा’छ भन्या सुन्या थिएँ । के हो तपाईंहरू अझै पनि बाझिराहो ? मिल्नु हो, बेला बित्न लाइसक्यो । एक्सक्यूज मी ।’

त्यसपछि प्रकाश र स्वस्तिमा दुबै हाँस्छन् ।

के हो त अनि बोलचाल भयो ? स्वस्तिमा र प्रकाश एकअर्कालाई तपाईं भन्नु न भन्दै रिक्वेस्ट गर्छन् । हैन तपाईं भन्नु भन्दै स्वस्तिमा आग्रह गर्छिन् ।

त्यसपछि प्रकाश भन्छन्- हाम्रो चलचित्र हरिबहादुरको जुत्ताको पहिलो गीत यही भाद्र २ गते सोमबार साँझ ४ बजे ओएसआर डिजिटलमार्फत रिलिज हुँदैछ ।’ त्यसपछि असोज १३ गते पुरा चलचित्र हेरेर रमाइलो गर्नुहोला भन्दै स्वस्तिमा भन्छिन् ।

फिल्म निर्माताले एउटै भिडियोमार्फत यी दुई कलाकारबारेको गसिपको खण्डन प्रयास गर्दै गीत आउन लागेको जानकारी दिएका छन् ।

प्रतिक्रिया