तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

mteverestnews.com

ललितपुर, मंगलबजार — नेपालका लाेकतान्त्रिक एंव कम्युनिस्ट अान्दाेलनका नेता, नेकपाका संस्थापक महासचिव, किसान संघका संस्थापक अध्यक्ष, नेकपा संसदीय दलका नेता (२०१५-१७)अग्रणी समाजवादी चिन्तक, राजनीतिज्ञ तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा तुल्सीलाल अमात्यकाे २८औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानकाे अायाेजनामा एक दिवसीय रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शनिबार ललितपुरको मंगलबजारमा सम्पन्न भयो।

रक्तदान कार्यक्रमका प्रमुख अतिथिका रूपमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री गोपाल शाक्यले सहभागीहरूलाई सम्बाेधन गर्दै अमात्यको योगदान स्मरण गरे। उहाँले अमात्यले देखाएको समाजवाद र जनताको सेवा भावलाई पछिल्ला पुस्ताले आत्मसात गर्दै यस्ता सामाजिक कार्यमा सहभागिता जनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा  अतिथिका रूपमा प्रतिष्ठानका संरक्षक डा. दिवस अमात्य, बरिस्ठ उपाध्यक्ष माधव पाैडेल, संघीय सांसद प्रेमबहादुर महर्जन, प्रतिष्ठानका कोषाध्यक्ष बाबुराम थापा, कार्यक्रम संयोजक हरिकृष्ण व्यञ्जनकार, कार्यसमिति सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रममा ६८ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए। रक्तदानमार्फत समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिँदै संयोजक व्यञ्जनकारले रक्तदान जीवन बचाउने महान कार्य भएको र यो अभियानलाई निरन्तरता दिन प्रतिष्ठान प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउनमा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू र स्थानीय युवा तथा समाजसेवीहरुको सक्रिय भूमिका देखिएको थियो। स्मृति दिवसमा आयोजित रक्तदान कार्यक्रमले तुल्सीलाल अमात्यको जनसेवा भावनालाई प्रत्यक्ष कार्यमा रूपान्तरण गरेको प्रतीत भयो।

 

— तुल्सीलाल स्मृति प्रतिष्ठान

मिति: २०८२ श्रावण १०

स्थान: मंगलबजार, ललितपुर

 

प्रतिक्रिया