जननायक तुलसीलाल अमात्यको २८औं स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

mteverestnews.com

जननायक तुल्सीलाल अमात्यको २८औं स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल शाक्यले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिको रूपमा नेकपा एमालेका नेताहरू तथा लोकतान्त्रिक एवं कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूको उपस्थिति रहेको थियो। उपस्थित हुनेहरूमा अमृतकुमार बोहोरा, केशव बडाल डा. पुष्प कडेल त्यसैगरी प्रतिष्ठानका संरक्षक डा. दिवस अमात्य, नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री भौतिक योजना तथा आवासमन्त्री रघुबीर महाशेठ, गोमा देवकोटा, गोपीरमण उपाध्याय, जनगायक राकृष्ण दुवाल, बरिस्ठ उपाध्यक्ष माधव पौडेल लगायत विभिन्न तहका नेताहर, युवा बिद्यार्थी, महिला, किसान, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, लगायत ५०० जना भन्दा बढिको उपस्थिति रहेको थियो।


तुल्सीलाल अमात्यको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम त्यसैगरी उपत्यका व्यापी हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरु साताव्यापी रुपमा हुँदै आएका थिए र उपत्यकाव्यापी हाजिर जवाफ कार्यक्रमको पुरस्कार वितरण तथा फाइनल कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा झन्डै ३२ वटा विद्यालयहरूको सहभागिता समेत रहेको थियो। उत्कृष्ट विद्यालय र विद्यार्थीहरूलाई नगद पुरस्कार, मेडल, सिल्ड, सर्टिफिकेट आदीद्वारा सम्मान गरिएको थियो। आठवटा विद्यालय विभिन्न तहको पुरस्कार सहित सम्मान गरिएको थियो। स्मृति दिवसकै अवसर पारेर एक साताअघि अघिल्लो शनिबार १० गते ललितपुरको मङ्गलबजार स्थित कृष्ण मन्दिर अगाडि प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो सो कार्यक्रममा ६८ जना रक्तदाताहरुले रक्तदान दिएर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। रक्तदान गर्नुहुने रक्तदाता र त्यस कार्यक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्वयंसेवकहरुलाई समेत प्रतिष्ठानको तर्फबाट प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव हिमबहादुर क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित हुनुहुने अतिथि प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीलाई प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले तुल्सीलालको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्ने बताए, र संविधान निर्माणको स्मरण गरे। वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका सङ्कल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन्।
शनिबार तुल्सीलाल प्रतिष्ठानकाे केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजा त्रिभूवनलाई बडिबिल्डिङ सिकाउने गुरू धर्मभक्त माथेमा भएको बताउनु भयो । त्यसअघि आधिकारिक रूपमा नेपालमा बडिबिल्डरको अर्को व्यक्तिको नाम नरहेको उहाँको भनाइ थियो ।
तराई, मधेसमा कुस्ती पहिल्यैदेखि खेलिने गरेको भएपनि बडिबिल्डिङ र कुस्ती एउटै नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यस्तै नेपालमा पहिलो मानव अधिकार संस्थाको संस्थापक गंगालाल श्रेष्ठ रहेको पनि बतउनु भयो ।

गंगालाल श्रेष्ठले वि।सं। १९९५ सालमा पहिलो मानव अधिकारसम्बन्धी भाषण गर्नुभएको उहाँले बताउनु भयो । त्यस्तै १९९७ सालमा गंगालालले नै इन्द्रचोकमा पहिलो राजनीतिक भाषण गर्नुभएको उहाँले जिकीर गर्नुभयो।
प्रधानमन्त्री ओलीले गंगालालले ०९७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने भाषण गरेपछि भूमिगत हुनुभएको बताउनु भयो ।

 

प्रतिक्रिया