जिम्मेवार नागरिकको दायित्व र असल ‘मान्छे’ बन्नका लागि हाम्रो भूमिकाः दृष्टिकोण ः विष्णु पोखरेल

mteverestnews.com

जन्मभूमि भनेको केवल एउटा भू–भागमात्रै होइन, यो त हाम्रो आत्मा, हाम्रो पहिचान र हाम्रो मातृभुमी हो । हामी जहाँ जन्मियौँ, जसले हामीलाई हिँड्न सिकायो, हामीलाई भाषा, संस्कार, मूल्य र भविष्य दियो—त्यो जन्मभूमि प्रति हाम्रो दायित्व र जीवनभर निभाउनु पर्ने कर्तव्य हो । आज म तपाईंहरूसामु एउटा सरल तर महत्वपुर्ण कुरा प्रस्तुत गर्न चाहन्छु—आफ्नो जन्मभुमि समृद्ध बनाउने जिम्मेवारी सरकारको मात्रै होइन, हरेक नागरिकको हो र नागरिक बन्नु  भन्दा पहिले हामी ‘मान्छे’ बन्नुपर्छ—मान्छे बन्नको लागि हामिमा इमानदारीता, संवेदनशीलता, सहृदयी र जिम्मेवार पन अति जरुरत हुन्छ ।

१. जन्मभूमि प्रति भावनात्मक बोध—विकासको पहिलो खुड्किलो हो ।

जन्मभुमी प्रतिको प्रेम कुनै भाषण वा मौखिकतामा मात्र सीमित हुन्छ भने त्यो प्रेम अधुरो हुन्छ । जन्मभूमिको वास्तविक माया त तब देखिन्छ जब हामी हरेक दिन एक कदम पाईला अगाडि जन्मभुमीको लागि समर्णण गछौँ । आफ्नो ठाउँ बनाउनको लागि सफा राख्ने, दुर्व्यसनी र कुलतलाई हटाउन पहलगर्ने सरकारी वा निजी कामको जिम्मेवारी ईमानदारीपूर्वक निभाउने देखि सचेत नागरिक बन्न÷बनाउन पहल कदमी गर्ने कार्यहरूले नै हाम्रो जन्मभूमिको समृद्धको लागि सकारात्मक भाव पैदा गर्दैै जान्छ ।

भावना महत्त्वपूर्ण हुन्छ, तर भावनाले मात्र सम्बृद बन्दैन । भावनालाई कर्ममा रूपान्तरण गर्न सकेनौँ भने त्यो माया केवल शब्दमा मात्रै सीमित हुन्छ । वास्तवमा, देशप्रतिको सच्चा प्रेम क्रियाशीलता हो—उज्यालोतर्फ उन्मुख सानो–सानो योगदानहरूको निरन्तरताले हुने हो ।

२. जिम्मेवार नागरिक बन्ने पाँच प्रमुख दायित्व÷समृद्ध समाज र जन्मभूमि निर्माणका लागि प्रत्येक नागरिकले बुझ्नुपर्ने र जीवनभर अपनाउनुपर्ने पाँच मुख्य दायित्व रहन्छन्ः

(१) इमानदारीता – विकासको मूलश्रोत

इमानदार नागरिक भएको देशले कति चाँडो प्रगति गर्छ, त्यो मापन गरिन्छ । चोरी, घुस, छलकपट, अनैतिक चलन अनि आफ्नो कमजोरीलाइ ढाकछोप गर्ने प्रवृत्ति देश र समाज विकासको सबैभन्दा ठूलो शत्रु हो ।

हामीले आफूलाई सोध्नुपर्छ—

“मइमानदार छु भने मेरो समाजमा के कस्तो परिवर्तन हुँदैछ ?”

इमानदारीले चरित्र बलियो बनाउँछ, चरित्रले समाज बलियो बनाउँछ, र समाज मिलेर नै देश समृद्ध हुन्छ ।

(२) श्रम र सीपप्रतिको सम्मान

कतिपय देशछिटो विकास हुनुको रहस्य त्यहाँका नागरिकहरूले श्रमलाई सम्मान दिएकोमा हुन्छ । हामीले पनि काम प्रति घृणा होइन, सम्मान गर्न सिक्नुपर्छ । सानो काम, ठूलो काम भन्ने विभेद हटाउनुपर्छ । हरेक श्रमको समाज र देश  निर्माणमा महत्वपुर्ण योगदान रहेको हुन्छ ।

देशमा बेरोजगारी घटाउन, उत्पादन बढाउन र आत्मनिर्भर अर्थतन्त्र बनाउन हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ—साना उद्यम, सीप विकास, स्वरोजगार र नवप्रवर्तनका माध्यमबाट ।

(३) कानुनको पालना– सभ्य समाजको मेरुदण्ड हो ।

हामी सम्पूर्ण नागरिकले कानुनको पालना गर्नुपर्छ र सभ्य समाजको आधार तयार गर्नु पर्छ ।  सडकमा हिँड्दा नियम पालन गर्नु, सार्वजनिक सम्पत्ति जोगाउनु, प्रकृतिको संरक्षण गर्नु र आफ्नो कर्तव्यलाई प्राथमिकता दिन सक्नुनै  असल नागरिकले समाज र राष्ट्र निर्माणको लागि स्तम्भ तयार गर्नु हो ।

कानुन तोड्नु मात्र होइन, कानुन तोड्दा वा उलङ्घन गर्दा नबोल्नु, न्यायको पक्षमा भन्दा पहुच र नातावाद वा आफ्नो पनको आधारमा बोल्नु, सहि र गलतको आकलन गर्न नसक्नु पनि दोषी हुनु हो । जिम्मेवार नागरिकले गलत र सहिलाई बिबेकपुर्ण तवरबाट मुल्यांकन गरि निर्णय लिन सक्नु सम्बृद्द समाजको परिकल्पना हो ।

(४) सामाजिक सद्भाव र एकता कायम गर्नु  

सम्बृद समाज र निर्माण गर्दा जात, भाषा, धर्म, क्षेत्र वा राजनितिका नाममा विभेद गर्नु र एक आपसमा भाईचाराको सम्बन्ध कायम गर्न नसक्नु तथा विभिन्न बहानामा समाजमा एकता खलबलाउने खालका गतिविधि गरि समाज र समुदायको विचमा बिखण्डन ल्याउनु सबै भन्दा हानिकारक हुन्छ ।

हामी एउटै समाज, समुदाय र भुगोलका सन्तान हौँ—हाम्रो उद्देश्य एउटै, हाम्रो यात्रा एउटै हो भन्ने भाव हामिमा पैदा हुन जरुरत हुन्छ । 

एकताको बलमा सम्बृद समाज र जन्मभूमिको परिकल्पनाले साकार रुप पाउन सक्छ भने  हाम्रो विचको विभाजनले समुदाय र  समाजलाई कमजोर बनाउँछ । सम्मान, सहिष्णुता र संयुक्त प्रयासले मात्र समृद्ध जन्मभूमि र समाज बनाउन सकिन्छ ।

(५) शिक्षार सचेतना

शिक्षा र सचेतनाले समाज र जन्मभूमि समृद्ध र समुन्नत बनाउन अत्यन्त गहिरो, दीर्घकालीन र जीवन परिवर्तनकारी प्रभाव पार्दछ । यसलाई सरल तर प्रभावशाली रूपमा यसरी बुझ्न सकिन्छः

क. शिक्षा चरित्र निर्माणको आधार हो

– शिक्षाले मनुष्यलाई सोच्ने क्षमता दिन्छ,

– सही–गलत छुट्याउन सिकाउँछ,

– जिम्मेवारी, अनुशासन र नैतिक मूल्य सिर्जना गर्छ ।

चरित्रवान नागरिकको समाज नै समुन्नत समाजको आधार हो ।

ख. सचेतनाले नागरिकलाई उत्तरदायी बनाउँछ

सचेत मानिसले

– कानुनको पालनगर्छ,

– कर्तव्य बुझ्छ,

– सामाजिक सद्भाव कायम राख्छ,

– अस्वीकार्य र गलत काम विरुद्ध आवाज उठाउँछ ।

यसरी मात्रै समाज स्वच्छ, सुरक्षित र अनुशासित बन्छ ।

ग. शिक्षाले विकासको लागि सीप र दक्षता दिन्छ

– स्वास्थ्य, कृषि, प्राविधिक, उद्योग, व्यापार, अनुसन्धान—सबै क्षेत्रमा दक्ष जनशक्ति आवश्यक पर्छ ।

– उच्च शिक्षा र सीपले रोजगारी बढाउँछ, उत्पादन बढाउँछ, र समाजलाई आत्मनिर्भर बनाउँन मद्दत गर्छ ।

शिक्षित र दक्ष जनशक्ति भएको समाज आर्थिक रूपमा छिट्टै समृद्ध हुन्छ ।

घ. सचेत नागरिकले भ्रष्टाचार, हिंसा र अन्याय घटाउँन महत्वपूर्ण भुमिका निवार्ह गर्छ ।

सचेतना बढेपछि

– घुस र भ्रष्टाचारको विरोध बढ्छ,

– सामाजिक अपराध घट्छ,

– न्याय र समानता बलियो बन्छ ।

यसले समाज र देशको व्यवस्था पारदर्शी र विश्वसनीय बन्छ ।

ङ. शिक्षाले नवप्रवर्तन र वैज्ञानिक सोचको ढोका खोल्छ

– नयाँ विचार, नयाँ अनुसन्धान, नयाँ प्रविधियी सबै शिक्षाबाट मात्रै सम्भव छ ।

– नवप्रवर्तन (ष्ललयखबतष्यल) गर्ने समाजको थालनी नै हामिले सुरुवात गर्न सक्नु पर्छ 

शिक्षा नभए परिवर्तन र आधुनिकी करण असम्भव हुन्छ ।

च. सचेतनाले नागरिकलाई समाजप्रतिको दायित्व र कर्तव्यबोधमा जागरूक बनाउँछ

सचेत नागरिकले बुझ्छः

– “समाज बनाउने जिम्मा मेरो पनि हो ।”

– “मैलै गरेको सानो योगदानले पनि ठूलो असर पर्छ ।”

यसरी समाज भित्र आत्मविश्वास, स्वाभिमान र सकारात्मक सोचको वातावरण सिर्जना हुन्छ ।

छ. शिक्षा र सचेतनाले समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्छ

– जात, लिंग, धर्म, राजनीति जस्ता विषयहरुमा देखिएका भिन्नताहरूलाई शिक्षा र सचेतनाले कमजोर पार्छ ।

– समान अधिकार र समान अवसर प्राप्त भएको समाज नै समुन्नत हुन्छ ।

समाजमा विभाजन होइन, एकता र सहकार्य बढ्छ ।

ज. आर्थिक विकासमा प्रत्यक्ष योगदान

– शिक्षित नागरिकले उद्यम खोल्छ,

– कर तिर्छ,

– उत्पादन गर्छ र रोजगारी सिर्जना गर्छ ।

यो चक्रले समाजको आर्थिक अवस्थालाई शक्तिशाली बनाउँछ ।

शिक्षा र सचेतना कुनै विषय, कक्षा वा पाठ्यक्रम मात्र होइन—समाज समृद्ध गर्ने शक्ति हुन

शिक्षाले मन बदल्छ,

मन बदले पछि व्यवहार बदलिन्छ,

व्यवहार बदले पछि समाज बदलिन्छ,

र समाज बदलिँदा—समाज र देश समृद्ध र समुन्नत हुन्छ ।

त्यसैले शिक्षा = विकास

सचेतना = स्थायित्व



प्रतिक्रिया