तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवस कार्यक्रम १७ गते १ बजे प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा आयोजना हुँदै

mteverestnews.com

नेपालको लोकतान्त्रिक एंव कम्युनिष्ट आन्दोलनका शिर्ष नेतृत्व नेकपाका पूर्व महासचिब, नेकपा संसदीय दलका नेता ( वि.स.२०१५–१७ ) अखिल नेपाल किसान संघको संस्थापक अध्यक्ष, बाममोर्चाको मानार्थ अध्यक्ष ( २०४६/०४७) कमरेड तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसको कार्यक्रम सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा २०८२ श्रावण १७ गते तुल्सीलाल हल  च्यासल, ललितपुरमा १ बजेबाट शुरु हुने भएको छ । प्रतिष्ठानले अमात्यको स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्दै आएको छ । यसै अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरि सकेको, उपत्यकाव्यापी मा.वि स्तरीय हाजिरीजवाफ कार्यक्रम सञ्चालन भईरहेको र श्रद्धाञ्जली सहितको पुरस्कार वितरण कार्यक्रम प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा १७ गते शनिवार १ बजेबाट हुन लागेको प्रतिष्ठानका कार्यलय सचिव विष्णु पोखरेलले बताउनु भयो । साथै उहाँले नेपालको प्रजाताीन्त्रक, लोकतान्त्रिक एंव कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउनुहुने अग्रज नेताहरु, युवा, विद्यार्थी, महिला, किसान, पत्रकार, कर्मचारी लगायत विभिन्न क्षेत्रमा आवद्ध महानुभावहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको समेत बताउनु भयो । 


प्रतिक्रिया