समानता र समावेशीतर्फ तीज विचार–विमर्श कार्यक्रम

mteverestnews.com

काठमाडौं, भदौ नेपाल बौद्धिक परिषद् महिला विभागले सामाजिकसांस्कृतिक रुपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ मोडलमातीज विचारविमर्श कार्यक्रमसम्पन्न गरेको छ। मंच मा अतिथि थिए खादा माला केवल विचारबिमर्श लाई केन्द्रमा राखेर छलफल गरिएको थियो। कार्यक्रममा परिषद्का प्रचार् सचिब डा. टीका ढकालले तीज पर्वको परम्परा, त्यसमा देखिएका सामाजिक भेदभाव नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानमूलक प्रस्तुति दिनुभयो।सो अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) की उपाध्यक्ष अस्ठ लक्ष्मी शाक्य, परिषद्का इञ्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, परिषदका अध्यक्ष गजेन्द्र थपलिया ,सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, एमाले केन्द्रीय सदस्य रचना खड्का, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य आस्था लगायत वक्ताहरूले तीज पर्वलाई सामाजिक समानता, सांस्कृतिक सरलीकरण आर्थिक सशक्तिकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो। सहभागीहरूको सक्रिय प्रश्नोत्तर तथा अन्तरक्रियाले कार्यक्रमलाई थप जिबन्त बनाएको थियो। कार्यक्रमको सञ्चालन परिषद् केन्द्रीय सदस्य गीता अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य कृष्ण शर्मा , कार्यक्रमको अध्यक्षता बिभागको प्रमुख सृजना घिमिरेले गर्नु भएको थियोे भने धन्यवाद ज्ञापन जुना लाग्रीले दिनु भयो।उक्त कार्यक्रममा पुर्ब सचिव डा प्रेम कडेल बाट कार्यक्रमको रिपोर्ट प्रस्तुत गर्नु मोडेरेटरमा परिषदका सल्लाहकार बिधान अचार्यले गर्नुभएको थियोे ।महिला पुरुषको उत्साह पुर्ण सहभागीता मा येस्तो प्रकारको बिमर्श कार्यक्रम सबै तह समुदायमा गरिनु पर्ने रहेको सबै सहभागी अतिथिको राय थियोे कार्यक्रमका सबै वक्ता सहभागीहरूको साझा निष्कर्ष तीज पर्वको नाममा विकृति भित्र्याउनु हुँदैन, यसलाई सरल खुसीयालीसँगै सामाजिकसुसज्जित सांस्कृतिको रुपान्तरण आर्थिक सशक्तिकरणसँग जोडेर समावेशी बनाउनुपर्छ भन्ने निचोड रहेकोे थियोे ।यसरी सम्पन्न कार्यक्रमलाई सबैको धारणा अनुसार बौद्धिक, सान्दर्भिक प्रभावकारी मानिएको छ।


प्रतिक्रिया