बैठकका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी भुवन पोखरेल रहनु भएको थियो भने डिस्ट्रिक्ट क्याबिनेट ट्रेजरर गाेविन्द चौलागाईं विशेष अतिथि हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा सुर्य दाहाल (GET), इन्द्रबहादुर तामाङ (GST), महासेर राई (एरिया कोअर्डिनेटर) लगायत लायन्सका विभिन्न व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।
गौतमबुद्ध, ग्रेटबुद्ध, काइडेन्सलगायतका सहभागी क्लबहरुले लिखित प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमार्फत क्लबहरुले आफ्नो गतिविधि, उपलब्धि र भावी योजनाहरु साझा गरेका थिए ।
बैठकमा उपस्थित सबै सहभागीहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै समयसीमा भित्र जिम्मेवारी पूरा गरेकोमा जोन चेयरपर्सन विष्णु पोखरेललाई धन्यवाद ज्ञापन गरेका थिए ।
समापनमा जोन चेयरपर्सन विष्णु पोखरेलले बैठक सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सामाजिक सेवामुखी कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैठक व्यञ्जन रेष्टुरेन्ट पुरानाे बानेश्वरमा भएको हाे ।
August 28, 2025