- च्यामा काठमाडौँ सेवा समाजले आगामी भदौ ७ गते २०८१ सालको एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान कार्यक्रम र महिला दिदीबहिनीहरू लगायत सम्पूर्ण च्यामाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु सबैलाई समेटेर तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ । कार्यक्रम काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ७ हरहरमहादेवमा रहेको संस्कारा बिद्यालयमा बिहान १० बजेबाट शुरु हुने, कार्यक्रमको प्रमुख अतिथिको रुपमा समाजसेवी, उद्ममी व्यवसायी तथा राजनीतिक व्यक्तित्व रितेश शर्मालाई निमन्त्रणा गरिएको साथै संस्थाका संरक्षकहरु, सल्लाहकारहरु आजिवन, मानार्थ र साधारण सदस्यहरु र विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई समेत विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको समाजका अध्यक्ष बिष्णु पोखरेलले बताउनु भयो ।
August 11, 2025