समाजसेवी पाेखरेल द्वारा २६अाैँ पटक रक्तदान गर्नुभयाे ।

mteverestnews.com

समाजसेवी बिष्णु पोखरेलद्वारा २६औँ पटक रक्तदान
काठमाडौं  – २०८२ साउन १०
समाजसेवा र मानव हितका क्षेत्रमा सधैँ अग्रसर रहनु भएका समाजसेवी बिष्णु पोखरेलले २६औँ पटक रक्तदान गर्नुभएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रममा उहाँले स्वेच्छिक रूपमा रक्तदान गर्नुभएको हो।
रक्तदानपछिको तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेपछि उहाँसँग प्रतिक्रिया लिएकाे र प्रतिक्रियामा पोखरेलले भन्नुभयो, "रक्तदान जीवनदान हो। आफूले दिएको एक थोपा रगत कसैको अमूल्य जीवन बचाउन सक्छ भन्ने बुझाइले गर्दा म २०६६ साल देखि निरन्तर रक्तदान गर्दै आएको छु।"
उहाँले विगत १६ वर्षदेखि सामाजिक सेवा र विभिन्न सार्वजनिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। शिक्षादेखि स्वास्थ्य, विपद् व्यवस्थापनदेखि युवा जागरणसम्मका विविध क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएका पोखरेलले नियमित रक्तदानलाई आफ्नो सामाजिक जिम्मेवारीका रूपमा स्वीकार गर्नुभएको छ।


प्रतिक्रिया